परिचय

     दिक्तेल नगरपालिका ७०.१० वर्ग कि मि क्षेत्रफल रहेको, पूर्वमा चिउरीडाँडा र नेर्पा, दक्षिणमा मातिम, याम्खा र टेम्मा, पश्चिममा विजयखर्क र बुइपा तथा उतरमा नुन्थला, कुभिण्डे, हङ्चुर र खार्मी गाविस रहेको खोटाङ जिल्लाको एकमात्र नगरपालिका हो । वि स २०७१ वैशाख २५ गते नेपाल सरकारले घोषणा गरेका ७२ वटा नगरपालिकामध्ये यो नगरपालिका पनि एक हो ।